अनोज रोक्का
मंगोलियाको राजधानी उलनबटोरमा सम्पन्न ५१ औ एसियन फेडरेशन अफ बडिविल्डिङ एण्ड फिटनेश च्याम्पियनशिपमा नेपालले आशातित सफलता हासिल गरेको छ । प्रतियोगितामा हङकङ निवासी ऋषि प्रधानले कास्य पदक जितेका छन् । जुनियर मेन्स फिजिक्स तर्फ उत्कृष्ट हुदै १७ बर्षिय ऋषिले उक्त पदक जितेका हुन् ।

अष्टे«लिया निवासी प्रकृति श्रेष्ठ वमेन्स बडिबिल्डिङ क्टोगोरी तर्फ चौथो भईन, नेपालबाट गएका बिकास धिमाल र देवराज पराजुली मेन्स क्लासिक र मेन्स बडिविल्डिङ मा क्रमश चौथो र छैटौ भए । हङ्कङ निवासी किशोरकुमार पुन र सञ्जिव राई मास्टर्स (४०–४९) उमेर समुह, मेन्स बडिबिल्डिङ अन्र्तगत क्रमश चौथो र छैटौ भए ।

एसियाका दुई दर्जनबढि देशहरुले भाग लिएको प्रतियोगिताको नेतृत्व आईएफबिबी नेपालका ईन्टरनेशनल प्रेसिडेन्ट तथा हिमालयन किङडम बडिबिल्डिङका अध्यक्ष लोकेन्द्र परियारले गरेका थिए ।

कार्यक्रममा आईएफबिबी अन्र्तगतका ईन्टरनेशनल जज विश्वबहादुर थापा, सृजन (बाबा भाई) का साथै प्रशिक्षक तथा खेलाडी सन्तोषकुमार श्रेष्ठको पनि सहभागिता थियो ।