gजेठ १७ – अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ८० जनाको ज्यान गएको छ । घटनामा तीन सय ५० जना भन्दा धेरै घाइते भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।
काबुलको जानबाक स्क्वायर नजिक रहेको जर्मन दूतावास नजिक शक्तिशाली सवारी बम विस्फोट भएको हो । घटनामा ज्यान गुमाउने तथा घाइते हुने धेरैजसो सर्वसाधारण नागरिक रहेका छन्।
विस्फोट निकै शक्तिशाली रहेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर २५ मिनेट जाँदा विस्फोट भएको हो । त्यसबेला बजार निकै व्यस्त थियो । अहिले पनि उद्धार तथा राहतको काम भइरहेको छ।