हङ्कङ १९ अक्टोबर / २०१६
हङकङमा सम्पन्न आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरुलाई, स्पोर्टस क्लब हङ्कङले रात्री भोजसँगै स्वागत गरेको छ ।
अन्तराष्ट्रिय स्तरको उपलब्धि हासिल गरेको भन्दै उक्त सम्मान गरिएको क्लबका संयोजक ओम गुरुङ् बताउँछन् भन्छन् – “हामीलाई गौरव अनुभूती भएको छ, नेपाली महिलाहरुको प्रस्तुतीले विदेशमा नेपालको झन्डा फहरियो यो ठुलो उपलब्धि हो, अव यसलाई कायम राख्दै अगाडी बढ्नु फलदायी हुन्छ ।”
यससँगै क्रिकेट टोली स्वदेश फर्किएको छ ।
विभिन्न चार टोली सहभागी उक्त प्रतियोगितामा थाइल्यान्डले शीर्ष स्थान हात पार्दै विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर प्राप्त गरेको थियो । प्रतियोगितामा ६ खेल खेलेको नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको छ ।
टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका पदाधिकारी एवम् नेपाल क्रिकेट सङ्घका (क्यान) का सदस्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
तस्बिर : मज्जाको राई (ब्लाक पिग प्रडक्सन)