अनोज रोक्का

शनिबार जेठ २७ / २०७४

“आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने मूल नाराको साथ आयोजना गरिएको साहारा साँझ तेश्रोमा चर्चित पप गायक सुगम पोख्रेलले वान्स मोर पाएका छन् । आफ्ना चर्चित आधा दर्जन गीत प्रस्तुत गरेका सुगमले ‘फेरि त्यो दिन’ सम्झन चाहन्न भन्ने गीतमा दर्शकहरुबाट वान्समोर पाएका थिए । कार्यक्रममा मिस टुरिज्म २०१० समृदि राईले विदेशमा बस्ने नेपालीहरुबीच एकता र सहिष्णुता हुन आवश्यक रहेको भन्दै “तिमी को हौ थाहा भएन, म चाहि नेपाली” गाउँदा वातावरण शान्त बनेको थियो ।

सिन्धुपाल्चोक हैबुङ् माध्यमिक बिद्यालय भवन निर्माण तथा विपन्न वर्गका बालबालीकाहरुको सहयोगार्थ आयोजित कार्यक्रमा दृष्टिविहीन गायीका सरिता अधिकारी, प्रतिभाशाली बालगायक बेगेन्द्र बुढा, नवगायीका प्रिया गुरुङ, डान्सर मिन गुरुङ्, गायक तथा प्रस्तोता जयकुमार परियार लगायतको प्रस्तुती रहेको थियो ।

सुगम र समृद्धिले गरे १ लाख डोनेसन

सामाजिक सेवाभावको लागि भन्दै साहारा क्लबको सहयोगार्थ आमन्त्रित गायक सुगम पोख्रेल र मोडल तथा गायीका समृद्धि राईले नेपाली पचास, पचास हजार सहयोग गरेका छन् । कार्यक्रम चलिरहेको समयमा विभिन्न संघसंस्थाका ब्यक्तित्वहरुबाट लगभग डेढ लाख नेपाली रुपैया संकलन भएको थियो ।

बराह ज्वेलरी हङकङको मुख्य प्रायोजन, कानुन ब्यवसायी देव गुरुङको सहप्रायोजनमा सम्पन्न कार्यक्रममा सहयोगीदाताहरु र संस्थामा सहयोग पु¥याउँने महानुभावहरुलाई साहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङले सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए ।

तस्विर : ब्लाक पिग  & Hong Kong Nepali.com