14786932_946539242118050_428293591_o

करण धिताल, पथरी
कार्तिक ०४, २०७३

छैटौ विरेन्द्रनगर च्यालेन्ज कपको आजको दोश्रो खेलमा टस जितेर ब्याटिङ्ग रोजेको देविजञ्ज क्रिकेट टिमले फराकिलो हार विहोरेको छ ।

देविगञ्जका लागि गोपाल गुरुङ्गले १७ बलमा ३ छक्का को साथमा २१ रन लिएका थिए बलिङ्ग तर्फ न्यु दमकका लागि निरज शाहले ३ ओभरमा ९ रन खेलेर ३ विकेट र बोध राज आचार्यले ३ ओभरमा १८ रन खर्चे । देविगञ्ज १२ दशमलव ३ ओभरमा ५८ रनमा अल आउट भएको थियो । देविगञ्जको ५९ रनको लक्ष्य पक्ष्याएको न्यु दमक क्रिकेट क्लवले १० दशमलव ३ ओभरमा ४ विकेट गुमाउदै ६ विकेटको जित हासिल गर्न सफल भएको थियो । दमकका लागि कप्तान अमन शाहले २९ बलमा १९ रन प्रहार गरे बलिङ्ग तर्फ देविगञ्जले २ ओभरमा ८ रन दिएर २ विकेट लिएको थियो । खेलको म्यान अफ द म्याच टिका राम पण्डित घोषित भए ।

अबको तेश्रो खेलमा दुर्गापुरी क्रिकेट क्लब र कुसल चौक क्रिकेट क्लब बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक हेमन्त ओझाले बताए ।

14796121_946539292118045_508968290_o 14813079_946539065451401_1742423353_o