२४ बर्षे हङकङ युवतिले गुडिरहेको रेलमा हामफाल्दा मृत्यु !

फोटो नेक्स मिडियाबाट साभार

१२ जुन २०१७। हङ्कङ्
हङ्कङको काउलुनतोङ एम टि आर स्टेसनमा एक युवतीको मृत्यु भएकोछ। गुडिरहेको रेलमा एक्कासि हाम फाल्दा घटना स्थलमानै मृत्यु भएको हो ।
उक्त घटनाको कारण काउलुन तोङ स्टेशन देखि शातिन जाने रेल सेवा ४५ मिनेट स्थगित भएको थियो।उनले हाम्फाले पछि प्रत्यक्षदर्शीहरुले तत्काल रेल कर्मचारी र पुलिसलाई खबर गरेका थिए ।

प्रहरी द्वारा घटनाबारे बुझ्दै

शातिनको एक सेकेन्डरीमा टिचिङ एसिस्टेन्टको नोकरी गर्ने २४ वर्षे उक्त युवति साटिनको सेकेण्डरी स्कुलमा टिचिङ एसिस्टेन्टको रुपमा काम गर्दै आएकि थिईन।
वाइमा सपरिवार बसोबास गर्ने मृतक कामको चापको कारण केही समयदेखि डिप्रेसनको शिकार रहेको बताइन्छ ।
यस्ता घटना घटन नदिन सहयोगी सरकारी निकायहरुको २४ घण्टा हटलाईन तथा फ़ोन नम्बर मा सहयोग लिन सक्नु हुनेछ।