कोशेली एचके संवादाता 

१३ जुन २०१७। हङकङ

हङकङ गृह मामिला बिभाग र नेपाली महासङ्घको आयोजनामा शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएकोछ। याउमातेइ कम्युनिटी हलमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख वक़्ता अनोज राई र वदेवराज रहेका थिए।

कार्यक्रमों मुख्य उदेश्य हङकङको शिक्षा प्रणाली र अभिभावकहरुले झेल्नु परिरहेको यावत समस्या, किन्डरगार्टेन, प्राइमेरी, सेकेन्डरी, युनिभर्सिटीहरुमा हाम्रा बालबच्चाहरुले शिक्षा लिने बिषयमा साथै अभिभावकहरुले खेल्नु पर्ने भूमिकाको बारेमा प्रष्ट पार्नु रहेको थियो।

कार्यक्रमकाववक़्ता अमोद राईले अब हामीले शिक्षालाई अझै गौण भएर बुझ्नु पर्ने आवश्यकता आएको बताए । हाम्रो शिक्षा प्रणाली भनेको किताब बोक्ने स्कुल जाने पास भएर प्रमाण पत्र लिने र रोजगारी गरेर जीवन यापन गर्ने मात्र नभै अवको नयाँ शिक्षा बाट समाजलाई परिवर्तन गर्दै लैजानु पर्ने कुरामा जोड़ दिएकाछन।

 

आफ्ना बालबच्चाहरु कहिले हङकङ कहिले इन्डिया कहिले नेपाल पठाएर स्कुल परिवर्तन गरेर बालबच्चाहरुको भविस्य माथी खेलवाड हुने धारणा राखेको थिए । यदि बालबालिकाहरुलाई हङकङमा अथवा इन्डियामा नै निरन्तर उनिहरुको पढाईलाई निरन्तरता दिनसरे त्यो राम्रो हुने सुझाब दिएकाछन। यदि हङकङमा पढाउनेहो भने हङकङमा बच्चाहरुको स्कुल ब्यावस्थापनकोलागि एक बर्ष अधिनै भर्नाको प्रकृया थाल्नुपर्नेकुराको जानकारी गराएका थिए।

धेरै जसो बालवालिकाहरु स्कुलबाट ड्रपआउट हुनेकारण सेकुलमा राम्रो अध्ययन नगरेको कारण मात्र नभएर घरयासी,सामाजिक,आर्थिक,परिवारीक,सास्कृतिक,भाषिक लगायत बिबिध समस्याको  कारणहरुले गर्दा हुन सक्छ त्यो पक्षमा पनी हाम्रो ध्यान जानु पर्ने बताएकाछन।

हङकङका बिभिन्न स्कुलहरुमा अध्यापन पेशामा अवद्ध शिक्षकहरु बाट पनी हङकङको शिक्षा प्रणालीको बारेमा आआफ्नो धारणा राखेको थिए।
कार्यक्रम गृहमामिला बिभाग हङकङले प्रायोजन गरेको थियो।