कोशेली संवाददाता
जेठ ३० २०७४
हामी उठ्ने छौ फाउण्डेशनका लागि हङकङबाट नेपाली दशलाख संकलन भएको छ । जम्मा संकलित रकम २ लाख ७८ हजार ४ सय ७३ हङकङ डलरबाट खर्च २ लाख ५ हजार ३ सय ८० कटाएर ७३ हजार ९२ डलर यानिकी नेपाली १० लाख संकलन भएको हो । फाउण्डेशनले शनिबार एक कार्यक्रमको आयोजना गरि आयब्यय सार्वजनिक गरेको थियो ।

कार्यक्रममा हङकङबाट पहिलो महिला सगरमाथा आरोहि एडा साङ् यिन होङ लाई सम्मान गरिएको थियो । अभियानका सदस्यहरुलाई सम्मानपत्र प्रदान गर्दै एडाले नेपाल र नेपालीको माया र साथले पुकलित भएको बताईन । फाउण्डेशनका संस्थापक अध्यक्ष तुलसीकुमार गुरुङ्ले सहयोगी सवैलाई धन्यवाद दिदै यस संकलित रकम नेपालको दुर्गम क्षेत्रमा शिक्षाको लागि खर्च गरिने बताए ।

मेई २८ तारिकका दिन हामी उठ्ने छौ अभियान र हङकङ स्थित महावाणिज्यदूताबासको संयुक्त पहलमा ‘हाईक फर नेपाल’ र ‘एभरेष्ट डे’ मनाईएको थियो । हाईक फर नेपालमा संकलित भएको रकम र साँझ गरिएको ब्लाक टाई च्यारिटी डिनरमा उक्त सहयोग रकम संकलन भएको हो ।

हाईकमा नेपाली महावाणिज्यदूत सहित १४ देशका वाणिज्यदूतहरु, चर्चित नायीका तथा सगरमाथा आरोहि निशा अधिकारी, कान्तिपुर साप्ताहिक सम्पादक सुवास ढकाल, नेपाल टेलिभिजन खेलकुद पत्रकार सञ्जिव सिल्पकार लगायतको सहभागिता थियो ।

भूकम्पबाट थलिएका नेपालीहरुलाई सहयोग गर्ने हेतुले अभियानकारुपमा स्थापना भएको हामी उठ्ने छौ नेपालको कानुन अनुसार फाउण्डेशनकारुपमा दर्ता भईसकेको छ । पछिल्लो दिनमा फाउन्डेशनले आफ्नो दायरा फराकिलो बनाउँदै विभिन्न क्षेत्रमा सहकार्य र सहयोग गर्ने अभियान जारी राखेको छ ।