अनोज रोक्का
जेठ ३० २०७४

                                                                                       अनुभव
         कला सुब्बा
मोडल, कोरियोग्राफर, संचारकर्मी

ङकङ पूर्वी एसियाकै फेसनेवल हवको रुपमा चिनिन्छ, संसारको फेसन र मोडलिङ्बाट हङकङेली नेपालीहरु पनि अछुत छैनन् । हङ्कङमा आयोजना हुने हरेक ब्युटी ईभेन्ट र फेसन सो हरुमा नेपाली कला झल्कने डिजाईन र प्रस्तुतीहरुले हाम्रा उत्पादन र संस्कृति पनि विश्वको लागि चासोको बिषय बनिरहेको छ । हङ्कङको आधुनिकतामा हुर्किरहेका नयाँ पिढीहरुमा यस्ता प्रतियोगिताले अन्तराष्ट्रिय प्लेटफर्मको श्रृजना गर्ने कुरामा पनि दुईमत छैन् ।

यो संयोग नै मान्नु पर्छ मैले गर्ने हरेक काम कलाकारितासँग जोडिएको छ । एकदशक लामो ईतिहासमा मैले हङ्कङ आई डी र विदेशको बसाई भन्दा पनि मेरो खुसीलाई महत्व दिए, जुन खुसी कै परिणाम हुनसक्छ मोडलिङ्को दुनियामा दत्तचित्त भएर लागिपरेको छु । मिस हङ्कङ नेपालको चारवटा संस्करणमा मैले नै कोरियोग्राफी गर्ने अवसर पाएकी थिए, सन् २०००, २००१, २००५ र भर्खरै सम्पन्न २०१६ को मिस हङ्कङ कोरियोग्राफी मैले गरेकी हुँ । हरेक संस्करणलाई तुलनात्मकरुपमा आकर्षक र ब्यवस्थित बनाउँनका लागि म दिनरात खटिरहेकी हुन्छु । यहाँको फेसन शैली युनिभर्सल छ कारण विभिन्न देशका मानिसहरु र संस्कृतीको संगम भएर पनि होला ।

सम्पन्न सातौं मिस हङ्कङ नेपालको लागि मैले एक महिना दश दिन १४ जना सहभागीहरुलाई कारियोग्राफी गरे । सोचेको भन्दा फरक पाए उहाँहरुको ब्यवसार र सोच, कारण आधुनिकतामा हुर्किएको भएपनि आफ्नो संस्कृत र भेषभूषासँग सवैजना अभ्यस्त रहनु भएको रहेछ ।

सोसल वर्कमा रुचि राख्ने अधिकांश हङ्कङका नयाँ पुस्ता मोडलिङ्बाटै सामाजिक परिवर्तन र चेतनामा लागि परेको पाए । जसलाई हरेक अभिभावकहरुले पनि मनन् गरेर आफ्ना नानीहरुमा आत्मविश्वास बढाउँन आवश्यक छ ।

पछिल्लो पटकको हङ्कङ बसाईमा मैले फरक अनुभव गरे कारण, फेसन र मोडलिङ्मा धेरै युवापुस्ता ब्यवसायीकरुपमा लाग्नु भएको रहेछ यो खुसीको कुरा हो ।
प्रवासी भूमिमा आफ्नो देशको कलाले सजिएको डिजाईन सो केशमा देख्न आत्मविश्वास र स्वाभिमानले छाती फुल्दो रहेछ, त्यसको उदाहरण फेसन डिजाईनर सम्झना जवेगु पनि हुन्, उनको उत्कृष्ट डिजाईनबाट स्वयंम मिस हङ्कङ नेपालको फाईनलमा सजिने अवसर पाए । ब्यस्त बजारबीच प्रर्दशित उनको डिजाईनले हङकङमा नेपाली श्रृजनाहरु पनि प्रतिस्पर्धी भएर अघि बढेको भान हुन्छ ।

म स्वदेशमा भएपनि हङ्कङको प्रत्येक पल र श्रृजना मानसपटलमा बोकिरहेको हुन्छु प्रवासी भूमि हङ्कङमा नै जन्मिएकाले पनि होला ईमोसनल कनेक्सन छ मेरो ।

तस्बिर : मज्जाको राई