फोटो – नरेन्द्र थापा

नरेन्द्र थापा

१५ जुन २०१७। दैलेख

बुधवार दिउसो कर्णाली राजमार्गको दैलेख सडकखण्डमा यात्रुवाहक बस दुर्घटना भएकोछ।  ना ४ ख २९९८ नम्बरको बस कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको थियो।

घटनामा  १० जनाको शव भेट्ठाएको र १८ जनालाई घाईते अवस्थामा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक डिएसपी केदार रजौरेले जानकारी दिएकाछन ।

मृतकहरु मध्ये ७ जना पुरुष, २ महिला र १ नाबालिकाको सनाखत भईनसकेको र घाईतेहरूलाई राकमको स्वास्थ्य चौकीमा उपचार भौरहेकोछ। 

बस दैलेखको आठविस नगरपालिका वडा नम्बर— ४ भेल्तडामा दुर्घटना भएको हो।