सन्तोष राई
१ असार २०७४

नायिका रेखा फागो यतिबेला पूरै एक्साइटेड छिन् । किनकि उनले ‘डेब्यु’ गरेको चलचित्र ‘तारेभीर’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

मिलनसार अनि नम्र बोलीकी धनी रेखा चलचित्रको प्रमोशनमा व्यस्त छिन् । जसरी चलचित्रको ‘मेन थिम’ अप्ठ्यारो बाटाहरु भन्ने हुन्छ चलचित्र प्रदर्शनसम्म आइपुग्दा ठ्याक्कै देशमा राजनीतिक अस्थितरताले उनमा डर पैदा भइरहेको छ, चलचित्र चल्ने होकी होइन भनेर ।

मिस लिम्बु २०१२ मा बेस्ट स्किनको उपाधि प्राप्त गरेपछि उनी नेपाली कलाकारितामा होमिएकी हुन् । दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका रेखा भन्छिन्–‘म धेरै नै एक्साइटेड छु, हेरौं चलचित्रले कस्तो व्यापार गर्ने हो ?’ बाल्यकालदेखि नै कलाकारितालाई राम्रोसँग नियाल्दै आएकी उनले चलचित्र तारेभीरमा भर्सटाइल, एक्सन र चञ्चले क्यारेक्टरमा रुझेकी छिन् ।