असार ८ / २०७४
कोशेली संवाददाता
शुक्रबारदेखि नेपाली कथानक चलचित्र ‘तारेभीर’अल नेपाल प्रदर्शन भइरहेको छ । सो चलचित्रको निर्माता डि.के. देवान सहित कलाकारहरु अहिले फिल्म हलमा पुगिरहेका छन् ।

चलचित्र ‘तारेभीर’मा हालको यथार्थ घटनाक्रमलाई चित्रण गरिएको छ सो विषयलाई दर्शकहरुले औधी रुचाएका छन् । देशलाई अपराधिक गतिबिधिबाट मुक्त गर्नको लागि के कस्तो कदम चल्नुपर्छ जस्तो धेरै कुराको मिश्रण चलचित्र भित्र समेटिएको छ । नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्ट कम्पनीको प्रस्तुति रहेको चलचित्रमा कलाकारहरु बिष्णु चेम्जोङ , नबिन कार्की, रेखा फागो, प्रेम सुब्बा, देउ कृष्ण दिवान, रमेश सिंह,  दिपेश श्रेष्ठ, अजय कुमार माझी, मन्जु श्रेष्ठ, रंजित राना, निर्मल शर्मा आदि रहेका छन् ।

चलचित्रमा रेखा फागोको एक्सनलाई टिनएजले मन पराएको प्रतिक्रिया आइरहेको छ ।  चलचित्रमा प्रेम सुब्बा र कृष्ण आचार्यको कथा, युवराज राईको नृत्य, जनक गुरुङको द्वन्द्व, राम प्रसाद चौधरीको सम्पादन र प्रकाश गुरुङ, सनुप पौडेल र ब्राबिम सेर्माको संयुक्त संगीत रहेको छ । चलचित्र तारेभीरका निर्देशक प्रेम सुब्बा हुन् ।

चलचित्रको निर्माता डी.के दिवानले अब छिट्टै नै अर्काे चलचित्र निर्माण गर्ने कुरा पनि बताइरहेको छन् ।