कोशेली संवाददाता
असार ८ / २०७४

स्थानीय तह निर्वाचनमा उर्लाबारी नगरपालिका वडा नम्बर ९ की महिला सदस्य हुन्, हुकमाया श्रेष्ठ (तारा) ।
आगामी असार १४ गते हुने निर्वाचमा नेकपा एमालेका तर्फबाट श्रेष्ठ महिला सदस्यको उम्मेदवार बनेकी हुन् । लामो समयदेखी एमालेमा आवद्ध उनलाई यतिबेला त्यस वडाको बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

स्थानीय बासी माझमा आसामे नेवारनी भनेर परिचीत उनले गाउँघरका समस्याहरुलाई नजिकबाट महशुस गरेकी छिन् । त्यसैले पनि उनलार्ई जिताउन यतिबेला स्थानीय मानिसहरु सक्रिय रुपमा लागेका छन् ।

उर्लाबारी ९ का बिभिन्न स्थानमा खेतीकिसानी गर्नका लागी चाहिने कुलो, पैनी निर्माण, बाटो निर्माण, ढल निकासको व्यवस्था, मावा नदीको तटबन्ध, सडक कालोपत्रे, सडक वक्ति जडान, स्थानीय युवाहरुलाई स्वरोजगार लगायत महत्वपूर्ण चुनावी एजेण्डा सहित चुनावी मैदानमा होमीएकी उनले महिला हक हित र महिला हिंसाका विरुद्ध लाग्ने पनि बताएकी छन् ।

मदतादालाई प्रयक्ष भेटेर आफ्ना भावी योजना र कार्यक्रमहरुको बारेमा बताउँदै आएकी उनको पक्षमा उर्लिदो जनलहर पाईन्छ । सबै मतदाताहरुलाई मेयर उपमेयर समेत सातवटै सुर्य चिन्हमा मतदान गरेर आफ्नो प्यानलाई विजयी गराउन समेत उनले स्थानीय मतदातालाई अपिल गर्दै आएकी छन् ।