फोटो गणेश मगर गणेश पुर्वछाने हङ्कङ !
२५ जुन, हङकङ–  किरात याक्थुङ् चुम्लुङ हङ्कङ द्वारा आयोजित ” याक्थुङ स्वर्णिम साँझ -४ याउमातेई कम्युनिटीहलमा भब्यरुपमा सम्पन्न भएकोछ।

चुमलुङ हङ्कङले विगतमा स्वर्णिम साँझ आयोजना गरेर सामाजिक क्षेत्रमा सहयोग गर्दै आएकोमा यसपटक भने चुमलुङ हिम खरिद सहयोगार्थ कार्यक्रम गरिएको चुमलुङ हङ्कङ्का अध्यक्ष त्रिभुवन लुङफुङवाले बताएकाछन। अध्यक्षले चुम्लुङद्धारा गत वर्ष जोर्डनमा खरिद गरेको चुम्लुङ हिमको रकम अझै करिब १५ लाख हङकङ डलर नपुग भइरहेको बताउँदै उक्त सांगितिक साँझबाट बचत भएको रकमले ख़रीदकोलागि थपसहयोग गर्ने बताए।

त्कार्यक्पममा मिस नेपाल २०१४ सुबिन लिम्बुले किरात याक्थुङ चुम्लुङलाई सबैले सकेको सहयोग गर्नुपर्ने र आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्नेकुरा मञ्चबाट खाखेकि थिईन।

कार्यक्रमलाई सहयोग पुर्याउन नेपालबाट गायक मदन चोङ्बाङ, ब्रबिम सेर्मा, यादन सेर्मा, जेपी नेम्वाङ, गायिका जसोदा सुब्बा र नृत्यकार रोशनी लिम्बु सिङगक स्वर्णिम साँझ-४ कालागि आएका थिए।

कार्यक्रममा स्थानिय कलाकार तथा याक्थुम स्वर समूह, याक्थुम आर्टिस्ट सोसाइटी, साम्याङफुङ समूह र चुम्लुङकै केलाङ समूहद्धारा विभिन्न गीत, संगित, नृत्य तथा सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाइएको थियो ।

प्रमुख अतिथि हङकङ नेपाली महासंघकी अध्यक्ष्य रिता गुरुङ रहेको उक्त कार्यक्रममा बिभिन्न बौदिक ब्याक्तित्वका साथै विभिन्न संघ संस्थाप्रतिनिधिहरुको उपस्थिती रहेको थियो।