८ जुलाई २०१७  हंगकंग |

 शुक्रबार साँझ आठ आठ बजे जोर्डन फेरीस्ट्रिट नजिकै एक तिन बर्षिय बालिकाको  घटना स्थलमै मृत्यु भएको छ। उक्त घटनाले हङकङका सारा नेपालीलाई स्तब्ध तुल्याएको छ। 

जोर्डनको मान वाई स्ट्रिटमा बाटो काट्ने क्रममा बालिकालाई सेतो रंगको नीजि भ्यानले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको हो। उक्त सात सिटे सेतो रंगको अल्फार्ड कारले ठक्कर दिएपछि भ्यानको पिंधमा अडेकिएकी बालिकालाई भ्यानले करिब २०० मिटर घिसारेको प्रत्याक्षदर्शीले बताएका छन्।घटना पछि  हङकङ पुलिसलाई खबर गरिएको थियो |

बच्चालाई २०० मिटर सम्म घिसर्दासमेत गाडी चालक लाई थाहा नभयको बताइन्छ| बायाँ घुमाउदाने क्रममा चालकले  थाहा नपाएको प्रत्यक्षदर्शीको भनाइ छ। उक्त स्थानमा ५० किलोमिटर भन्दा बढी गतिमा गाडी चलाउन पाइँदैन। घटना लगत्तै त्यहाँ प्रहरी र बारुण बिभागकाहरु उद्धारकहरू पुगेका थिए। यो भन्दा अघि हङकङमा बिबिध घटनामा ४ ब्यक्तिको मृत्यु भैसकेको छ। बिशेस गरि हंगकङ्गमा अभिभावक हरुले आफ्ना नानीहरुलाई अलिक बढी हेरविचार पुरौनुपरने अवस्था देखिन्छ | यो घटनाले सबै हंगकङ्गबासिहरुको ध्यान केन्द्रित गरेको छ |