अनोज रोक्का
अषाढ २७ / २०७४
नेपाली कथानक चलचित्र कमलेको बिहेको हङकङमा वल्र्ड प्रिमियर गरिएको छ । प्रिमियरका लागि नायक अनुपविक्रम शाही हङकङ आएका थिए ।

अग्लो कदका हेन्सम नायक अनुपविक्रमसँग फोटो खिच्ने र कुराकानी गर्नेहरुको क्रेज गज्जवको थियो । उल्लेखमय दर्शकहरुको उपस्थितमा प्रर्दशित फिल्मले पर्याप्त वाहवाही पायो । फिल्मको कमेडी पार्टलाई दर्शकहरुले अध्याधिक मन पराए ।

लामो तर बिग्रिएको कपाल, पावरवाला चस्मा, लामो टुप्पी पालेर पण्डित्याई गर्दै हिड्ने, शास्त्रिय बिद्याका ज्ञाता युवकले चुलबुले गाउँकै राम्री चमेलीसँग विवाहको लागि गरिएको रमाईलो तर हास्यस्पद सङ्घर्षलाई नै फिल्मी मसला बनाईएको छ । कमेडी बेसमा तयार भएको चलचित्रमा लभरब्वाई र एक्सनमा अत्यधिक रुचाईएका अनुपविक्रमलाई फरक गेटअप र क्यारेक्टरमा प्रस्तुत गरिएको छ ।

“च्यालेञ्जसँगै डर र उत्सुक थिए, दर्शकहरुको प्रतिक्रियाको लागि । तर सवैले राम्रो प्रतिक्रिया दिनुभएको छ, फिल्मको प्रत्येक सिनमा हाँस्नु भएको छ नायक अनुप बताउँछन् ।” फिल्ममा अनुपविक्रमका अतिरिक्त सन्ध्या केसी, बिनोद न्यौपाने, ईशान ढकाल, दिपक पहाडी, रेशु तामाङ्, किरण लाकोउल लगायतको अभिनय रहेको छ ।

फिल्मलाई नेप्लिज युथ ईन्टरटेन्टमेन्टले हङकङ प्रर्दशनको जिम्मा लिएको थियो । नेप्लिजका लोकराज लिम्बु, मनिष लिम्बु, मेख गुरुङ, सन्तोष गुरुङले अर्गानिक नेपाली चलचित्रबाट हङ्कङेलीहरुलाई मनोरञ्जन दिलाउँनका लागि कमलेको बिहे छानिएको बताए ।

तस्बिर : बुलेटहाङ तिगेला (ब्लाक पिग), गणेश मगर (कोशेली एचके)