१४ जुलाई २०१७ | कोशेली सम्बादाता काठमाडौँ

नेपाली संगीतको बजार नफस्टाइ रहेको अहिलेको अवस्थामा पनि नव प्रतिभाको आगमन भने रोकिएको छैन । नेपाली संगीत जगतमा आफ्नो एउटा छुट्टै स्थान बनाउने लक्ष्य बोकेर आउने ति प्रतिभाहरु मध्येकी एक हुन पुनम सुब्बा सम्बाहम्फे । सुमधुर आवाजकी धनी पुनमले भर्खरै एउटा अत्यन्तै मार्मिक गीतको म्युजिक भिडियो बजारमा ल्यएकी छन ।

राम रेप्चोङ राईको रचना रहेको उक्त गीतको संगीत तथा सङ्गीत सम्योजन अहिलेका अत्यन्तै ब्यस्त एबम बरिस्ट संगीत सम्योजक चन्दु गोर्खालीले गर्नुभएको छ । एउटी नारिको भावनालाई समेटेर बनेको उक्त गीतलाई जस्ताको तस्तै पर्दामा उतार्ने काम पनि चन्दु गोर्खालिले नै गर्नुभएको छ । अहिलेकी चर्चित मोडेल सम्पदा बानिया र सुपर बडी स्टक्चर भएका नव प्रतिभा जय दत तथा सुपर फिगर नव प्रतिभा नमुना सुब्बाको जीवन्त अभिनय रहेको उक्त गीतको छायाङ्कन तथा सम्पादन मेघराज मगरातीले गरेका छन ।

भिडियो छायाङ्कनको क्रममा सम्पदाले बिना ग्लिस्रिन रियल आशु निकालेर एउटा रियल कलाकारको परिचय दिएकी छन |  पुनमको गीत पनि उत्तिकै दम्दार छ भन्ने त्यहिबाट पुस्टि भएको छ । यही गीत मार्फत नीर्देशन् सुरु गर्नुभएका चन्दु गोर्खालीले आफुमा रहेको मल्टी ट्यालेनटलाई बहिर ल्याउने जमर्को गर्नुभएको छ ।

सकारात्मक सोचले मानिसलाई आफ्नो गन्त्यब्यमा अबस्य पुर्याउछ भन्ने बिचार ब्यक्त गर्नुहुने चन्दु ले स्रोता तथा दर्शक बाट पनि सकारत्मक प्रतिकृया आउछ भन्ने आशा गर्नुभएको छ । वोर्ल्ड वाइड इन्टर्टेन्मेन्त क्रिएशन प्रा लि को ब्यानरमा बनेको यो भिडियो हेर्न तलको लिन्क म क्लिक गर्नुहोस्