तस्बिर : करण धिताल

करण धिताल
अषाढ २९  / २०७४

विश्वकर्मा समुदायमा भएका युवतीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले मिस विश्वकर्मा प्रतियोगीता सुरु भएको छ । मोनाली इन्टरटेन्मेन्ट प्रा.लिको आयोजनामा भएको प्रतियोगीतामा उपस्थित भएका युवतीहरुले आफुमा भएको प्रतिभा देखाएका थिए ।

मोरङ पथरीशनिश्चरेको गोर्खा डिपाट्मेन्टमा भएको पहिलो अडिसनबाट १२ सुन्दरीहरु दोस्रो चरणमा प्रबेस गरेका छन । प्रतियोगिताको अन्य अडिसन पहिलो साउनको ५ गते काठमाडौ र ७ गते पोखरामा हुनेछ भने फाईनल कतारमा सेप्टेम्बर ८ मा हुनेछ ।

मिस विश्वकर्माले टिभिएसको स्कुटर प्रदान गरिने आयोजक मोनाली ईन्टरटेन्मेन्ट प्र। ली।का अध्यक्ष दिपक बराईलीले बताउनु भयो। पहिलो अडिसनको निर्णायक कोरियोग्राफर अशिम ज्वयल श्रेष्ठ, मोडल निराजन बस्नेत र बियुटिशियन रहनु भएको थियो ।

प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वर्ल्स र आई एम ई ले मुख्य प्रायोजन गरेको छ ।