14800714_1480163541998886_973979642_n

अनोज रोक्का
८ कार्तिक /२०७३
नृत्यको माध्यमबाट मोफसलमा पर्याप्त चर्चा बटुल्न सफल मनोज माझीले भिडियोमा डेब्यु गरेका छन् ।

शिक्षणसँगै लामो समय नृत्यका लागि खर्चिएका मनोज अभिनयको रहर र लगावलाई अहिले आएर पुरा भएकोमा दंग छन्, पहिलो कामबाट नै दर्शकहरुमाझ अमिट छाप छोड्ने बताउँछन् भन्छन् – “मेरो नृत्यलाई मन पराउँनु हुनेहरुका लागि सरप्राईज हुनेछ ।”

रामकृष्ण ढकालको स्वर र शक्ति बल्लभको संगितमा आवद्ध “सुस्तरी सुस्तरी” बोलको भिडियोमा मनोज र मोडल अञ्जली कुशुवारको रोमान्स देख्न सकिन्छ ।

मोफसलमा पर्याप्त चर्चा बटुल्न सफल निर्देशक भूपाल वान्तवा राईको निर्देशन र सुमन अधिकारीको छायाङ्कनमा तयार भिडियो सार्वजनिकसँगै दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पाईरहेको निर्देशक राई बताउँछन्, सुगम आधुनिक गायनमा अब्बल रामकृष्ण ढकालको स्वरमा मन्त्रमुग्ध हुने दर्शक, श्रोताहरुका लागि पूर्वको प्राकृतिक मनोरम दृश्यले झन पुकलित तुल्याउँने उनको तर्क छ ।

माया अनि मायालुको साथलाई प्रकृतिसँग तुलना गर्दै श्रृजना गरिएको गीतमा शब्द दिलीप पौडेलको रहेको छ ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् । 

14666053_1042183155898603_8746456812491035341_n 14705846_1042183152565270_9168675701247251765_n 14721439_1045819428868309_3420572265133633346_n