कोशेली संवाददाता
श्रावण ०१ / २०७४
माजसेवी तथा अग्रणी महिला राधिका गुरुङ् (टिका) लाई हङ्कङ सरकारले सम्मान गर्ने भएको छ । समाजसेवामा उत्कृष्ट योगदान पु¥याएको भन्दै उनलाई “चीफ एक्जक्युटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस” अर्वाड मार्फत सम्मान गर्न लागिएको हो ।

हङ्कङ बेलायतबाट स्वतन्त्र भएको खुसीयालीमा प्रत्येक बर्ष बितरण गरिने उक्त अवार्ड अघिल्लो बर्ष हङ्कङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङलाई प्रदान गरिएको थियो । अक्टोबर १ तारिक राष्ट्रिय दिवसको अवसर पारेर हङ्कङकी कार्यकारी प्रमुख क्यारी ल्यामको हातबाट उक्त सम्मान वितरण गरिनेछ ।

कास्की पोखराकी राधिका २० बर्षअघि हङकङ आएकी थिईन । निरन्तर सामाजिक सेवा र नेपाली समुदायको स्तर उन्नतीकोलागि लागिपरिहेकी उनी नेपाली महिला संघ हङ्कङ, गैह्र आवाशिय नेपाली संघ, म्याग्दी नेपाली प्रवासी संघ (मोना), हङ्कङ नेपाली ब्यापार संघ, सहारा क्लब हङ्कङ, मिस हङ्कङ सोसाईटी, तमु ट्यो ह्युल, नमोबुद्ध आमा समुह, हेभेल्ली निर्वाणापाथ हङ्कङ, हिन्दु मन्दिर हङ्कङ लगायत दर्जन बढि संघ संस्थाहरुमा आबद्ध छिन ।

ब्यापार, ब्यवसायमा आवद्ध राधिका समाजसेवा गर्नु आफ्नो जिम्मेवारी भएको बताउँछीन । प्रवासमा बसेर आफ्नो देश र समुदायको लागि काम गर्दा गौरव महशुस हुन्छ जुन देशप्रतिको सम्मान पनि हो । पाएको साथ र सम्मानले थप उर्जा मिलेको टिकाको तर्क छ ।

एनआरएनए चुनाबमा उम्मेद्धारी घोषणा
ङ्कङ नेपाली समाजमा लोकप्रिय छबी बनाएकी राधिका (टिका) गुरुङ्ले गैह्र आवासीय नेपाली सङ्गठन (एनआरएनए) मा आफ्नो उम्मेद्धारी घोषणा गरेकी छीन ।

अघिल्लो चुनाबमा प्रत्यासी रहेकी राधिकालाई निर्बिरोध जिताउँनका लागि उम्मेद्धारी घोषणा सभामा उपस्थित संघसस्थाका प्रतिनिधीहरुले आग्रह गरेका थिए । सभामा बोल्दै राधिकाले नेपाल र नेपाली समाजको स्तर उन्नतीको लागि निरन्तर लागि रहने बताईन ।

आफु निर्वाचित भएमा अग्रजहरुले अहिलेसम्म गरेका सकारात्मक कामहरुलाई निरन्तरता दिने, गैह्र आवाशिय नेपालीहरुलाई गरिएको बिभेदका लागी सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँने, स्थानिय संघसस्थाहरुसँग सहकार्य गर्दे विभिन्न कार्यक्रमहरुको तर्जुमा गर्ने, नेपाल सरकारको प्रतिनिधीमुलक संस्था नेपाली कन्सुलेटसँग सहकार्य गर्ने, नेपालीहरुका समस्याहरु रोजगारी, भिषाको बिषयमा सम्बन्धित निकायहरुसँग समन्वय गर्ने, नेपालमा लगानी र नेपालको उत्पादन प्रबद्र्धनका लागि आवश्यकीय पहल गर्ने लगायतका प्रमुख मुद्धाहरुमा अर्जुन दृष्टि लगाएर काम गर्ने बताईन ।