श्रावण ०१ / २०७४

नेपाली चलचित्र उद्योगका शुन्दरी नायीकाहरु मध्ये निशा अधिकारी पनि एक हुन् । मिसन पैसाबाट अभिनय शुरु गरेकी निशाको परिचय नायीकासँगै सगरमाथा आरोही र पछिल्लो समय निर्माणाधिन चलचित्र झ्याईकुटीबाट निर्मात्रीकोरुपमा बनेको छ । स्पष्ट बक्ता, स्पोर्टी निशाले गर्मीको सकारात्मक र नकारात्मक अनुभव यसरी सेयर गरिन ।

१. चर्को घाम र गर्मी
चर्को घामको कारणले बाहिर हिड्नै गाह्रो, स्क्रिन पुरै बर्न हुन्छ । वास्तवमा यस्तो अति गर्मीले मलाई ईरिटेट गर्छ ।

२. खाना पच्दैन ।
अत्याधिक गर्मीले डाईजेसनमा पनि समस्या पार्छ, खाएको खाना नपचेर हैरान ।

३. घाटीमा समस्या हुन्छ ।
गर्मीको कारण चिसोमात्र खोज्छ मनले । धेरै चिसो पेय पदार्थले घाटीमा समस्या आउँने डर लाग्छ ।

गर्मीका केहि सकारात्मक पक्षहरु पनि छन् ।

४. ग्लामर्स सिजन
आफ्नो शुन्दरता र ग्लामर्स देखाउँन पाईन्छ । वास्तवमा लाईट कपडाहरु लगाउदा कम्फट फिल पनि हुन्छ ।

५. पानी पिउँने अवसर
गर्मीमा धेरै पानी पिईन्छ, जुन स्वास्थ्यको लागि लाभदायक पनि छ नी ।

६. शरिरमा स्फुर्ती बढ्छ ।
मलाई जाडोमा भन्दा गर्मीमा स्फुर्ती बढेको महशुस हुन्छ । कोठामा न्यानो भएर सुत्नु भन्दा गर्मीमा चाँडै उठेर प्रत्येक दिनको योजना बनाउँछु ।

७. भोक कम लाग्छ ।
गर्मीमा मलाई भोक कम लाग्छ । शरिर मेन्टन गर्नका लागि सायद यो उत्तम उपाय होला ।

प्रस्तुत : अनोज रोक्का