अर्जुन गुरागाई
श्रावण ०२ / २०७४
गायक यमन भारद्घाजको नयाँ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गायक यमनको ‘म मा तिमी’ बोलको गीतको म्यूजिक भिडियो हालै युट्युब मार्फत रिलिज भएको हो ।

गीतमा रेडियो नेपालमा राष्ट्रिय स्तरको आधुनिक गीत प्रतियोगीतामा संगीत र गायनमा ३ पटक सम्म पुरस्कृत र १७ औ इमेज अवार्ड प्राप्त गरेका गायक तथा संगीतकार योगेन्द्र उपाध्यायको शब्द संगीत रहेको छ । इलाम मा जन्मिएका गायक यमनले रेडियो नेपालको राष्ट्रिय स्तरको आधुनिक गीत गायन प्रतियोगीतामा दोस्रो स्थान हासील गरिसेका छन् ।

भिडियोमा नेपालकी पहिलो मुश्लिम नायिका तथा मोडल ओशिमा बानु र चर्चित भिजे श्रीजल रुपाखेतीको फिचरिङ रहेको छ ।

गीतको संगीत संयोजन र भिडियो निर्देशन राहुल प्रधानले गरेका हुन् । लुजा शिंहले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।