कोशेली न्युज डेस्क 

श्रावण ७ / २०७४

लचित्र नोभेम्बर रेनमा चुलबुले डल्लीको चरित्रबाट पर्याप्त चर्चा बटुलेकी नायीका हुन छुल्ठिम गुरुङ् । उनै छुल्ठिम पहिलोपटक निर्मात्री बनेको चलचित्र ‘डायरी’ हङकङमा प्रर्दशन हुने भएको छ ।

चलचित्रमा नायीका रेखा थापालाई पहिलोपटक खलपात्रको रुपमा देख्न सकिन्छ । बदलावको कथामा निर्माण भएको चलचित्र डायरीमा माया, प्रेम, सस्पेन्ससँगै आकर्षक एक्सनका दृश्यहरु समेटिएको छ । जीवन डायरी हो जहाँ अनगिन्ति सम्झनाका पलहरु कैद गरिएका हुन्छन् । तीनै सम्झनाहरु नै जीवन बाँच्ने सारथी हुन, डायरीको कथा यहि वरिपरि घुमेको छ । फिल्मको कथा छेतन गुरुङले लेखेका हुन् । नवनायक सन्नि सिंह र छुल्ठिमको जोडी खुवै रुचाए पनि फिल्मले सन्तोषजनक ब्यापार गर्न सकेन । 

शिवराम श्रेष्ठको छायाङ्कन, राजकुमार उप्रेतीको द्धन्द्ध र अनिल योञ्जनको निर्देशन रहेको चलचित्र डायरी यहि अगस्ट २७ का दिन याउमा तेई कम्युनिटी हलमा प्रर्दशन हुनेछ ।

पशुपतिनाथको बृद्धाश्रम सहयोगार्थ प्रर्दशन गर्न लागिएको फिल्मलाई नेपाल चलचित्र एसोसियशन हङ्कङले प्रर्दशनको जिम्मा लिएको छ । फिल्म बेलुकी ७ बजेबाट शुरु हुनेछ ।