तस्विर- करण धिताल

पथरी, ६ साउन,
करण धिताल
मोरङको पथरी शनिश्चरे ३ स्थित विरेन्द्रनगर क्रिकेट क्लबले पथरीशनिश्चरे नगरपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । शुक्रबार विरेन्द्रनगर स्थित क्लबको कार्यालय परिषरमा एक कार्यक्रमको आयोजना गर्दै क्लबले नगरपालिकाका मेरय, उपमेयर तथा वार्ड नम्बर ३ का प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष राजेश कुईकेलले मेयर दिलिपकुमार राई, उपमेयर यमुना विष्ट, वार्ड अध्यक्ष डम्बर चेम्जोङ, महिला वार्ड सदस्य माया गुरुङ, दलित महिला सदस्य फुलकुमारी दमाई तथा खुल्ला सदस्यहरु गिरिराज पोखरेल र देवि प्रसाद घिमिरेलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित मेयर राईले धेरैलामो समयपछि स्थानिय तहले जनप्रतिनिधि पाएकाले अब जनअपेक्षा अनुरुप काम गर्न आफुहरु लागिपर्ने बताए । उनले आफुले गरेका प्रतिवद्धता पुरा गर्ने प्रयासमा लागेको तर ति काम पुरा गर्न जनताको सामेत साथ चाहिने बताए । युवा पुस्ता विना कुनैपनि काम गर्न नसकिने बताउँदै क्लबले गरेका विभिन्न कामको सराहना गर्दै नगरपालिका आगामि दिनमा क्लब सँग सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत बताए । 
त्यस्तै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मोरङ क्षेत्र नम्बर २ का सभासद चण्डि प्रसाद राईले देशले विभिन्न काल खण्ड पुरा गरेर अब विकाशको काल खण्डमा प्रवेश गरेको बताए । उनले आफ्नो कार्यकालमा भएको विकास निर्माणको कामका बारेमा जानकारी गराउँदै अब स्थनिय निकार र सरकारको सहकार्यमा काम हुने भएकाले विकाश निर्माण कामले गति लिने कुरामा दुइमत नरहेको बताए ।
कार्यक्रममा वार्ड नम्बर ३ का अध्यक्ष डम्बर चेम्जोङले क्लबले गरेका काम पथरीमात्र नभई मोरङ जिल्लाकै लागि उदाहरणिय रहेको बताए । कार्यक्रममा सस्थाका सह सचिब हेमन्त ओझाले क्लबका हाल सम्मका काम तथा आगामि दिनका कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए ।
अध्यक्ष राजेश कुईकेलले क्लबले विभिन्न सामाजिक काममा समेत सहभागिता जनाईरहेको भएपनि नगरपालिकाको तर्फबाट कुनै प्रकारको सहयोग नपाएको गुनासो गरे । विगतका दिनमा कर्मचारीका कारण क्लब र नगरपालिकाको सहकार्यमा असहजता भएपनि अब भने काम गर्ने ठाउमा जनप्रतिनिधि पुगिसेकाकाले आगामि दिनमा क्लबले नगरपालिकाबाट साथ र सहयोग प्रप्त गर्नेमा आफु विस्वस्त रहेको बताए ।
क्लबका सचिब मोहन गौतमले संचालन गरेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, क्लबका सदस्य तथा स्थानियवासिको उपस्थिति रहेको थियो । 

तस्विर- करण धिताल