२३ जुलाई हङकङ।

एनआरएनए हङकङको नयाँ कार्यसमितिकालागि भएको अध्यक्ष पदका प्रत्याशी कोमल गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष पदमा टीका (राधिका) गुरुङ निर्विरोध निर्वाचित भएकी छिन्।

त्यसैगरि अधिकांश पदमा निर्विरोध पदाधिकारी तथा सदस्य निर्वाचित भएको खवर छ । 

एनआरएनए हङकछैठौँ अधिवेशन अन्तिम समयमा एक अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक र ९ जना सदस्य गरी १८ जना चुनिने नयाँ कार्यसमितिका लागि दुई पदमा बाहेक अरु सबै पदहरुमा निर्विरोध भएको हाम्रा संवाददाताले अधिवेशनस्थलबाट जनाएका छन्।

‘ महासचिव र महिला संयोजक पदका लागि मात्र निर्वाचन भइरहेको छ। अरु पदमा निर्विरोध भएको छ।