करण धिताल
पथरी १०  / २०७४

हाउडेमाया बोलको गीत नेपाली साङ्गीतिक दुनियाँमा पस्किएपछि उनको नामै हाउडेमाया भयो । उनलाई चिन्ने र बुझ्नेहरु पनि उनलाई हाउडेमाया भनेरै बोलाउँछन् । त्यही भएर त उनले साङ्गीतिक दुनियाँमा अलग पहिचान बनाउन सफल भइन् ।

युवा पुस्तामा लोकप्रिय र स्टेज तताउन माहिर लोकपप गायिका सिर्जना खत्री “हाउडेमाया”ले आफ्नो तेस्रो गीत लाहुरेमाया बजारमा युट्युब मार्फत सार्वजनिक गरेकी छिन । केही बर्षयता पप गीतमार्फत दर्शक स्रोतालाई मनोरञ्जन दिइरहेकी हाउडेमायाले आधा दर्जन भन्दा बढी गीतमा स्वर दिएकी छन् ।

उनका चर्चित गीतहरु हाउडेमाया, भिरको फूल बजारमा निक्कै चर्चित रहेका छन् । भर्खरै सार्वजनिक भएको लाहुरेमायामा स्वर, शब्द र संगीत गायिका हाउडेमायाकै छ । र्यापर मिस्टर आरजेले हाउडे मायालाई साथ दिएका छन् । अर्जुन तिवारीले छायाङ्कन गरेको यो म्युजिक भिडियोको निर्देशन क्रान्ति केसीले गरेका छन् । अभिनय दुर्गेश थापा र बिनु खडकाको रहेको छ ।

गीतलाई तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।