अनोज रोक्का
श्रावण १० / २०७४
नेपाली टच नाईट दोश्रोमा युवा पुस्ता माझ चर्चित ब्याण्ड मंन्त्रले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्यो । हङ्कङ योङलोङ थिएटरमा सम्पन्न कार्यक्रममा ब्याण्डले ‘सँधै सँधै’, ‘वीर गोर्खाली’, ‘हिमाली नेपाली’ लगायत दर्जन बढि गीत मार्फत हङ्कङेली दर्शकहरुका सांगितीक तृष्णा मेटायो ।

कार्यक्रममा मोडल एलिसा राईको नृत्यले प्रशस्त वाहवाही पायो । एलिसाले नेपाली चलचित्रका गीतहरुमा मिक्सअप नृत्य प्रस्तुत गरेकी थिईन । पहिलो पटक हङ्कङ आएकी एलिसाको फ्यान फ्लोवर्स नियन्त्रण गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो ।

पहराई फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा गायक अर्लभ गुरुङ र पछिल्लो समय कभर गीतहरुबाट चर्चामा आएकी गायीका तृष्णा गुरुङकोे प्रस्तुतीले पनि दर्शकको मन जित्यो । कार्यक्रम भिमला थापाले सञ्चालन गरेकी थिईन ।

तस्बिर : ब्लाक पिग