अनोज रोक्का
श्रावण १४ / २०७४

चलचित्र “जोनी जेन्टलमेन”को रेड कार्पेट प्रिमियर हङ्कङमा हुने भएको छ । दर्शकहरुको प्रतिक्रिया बुझ्न फिल्मका मुख्य कलाकारद्धय पल शाह र आँचल शर्मा हङ्कङ आउँने भएका छन् ।

फिल्म यहि २० अगस्ट २०१७ का दिन याउमा तेई स्थित कम्युनिटी हलमा बेलुकी ७ बजेबाट प्रर्दशन हुनेछ ।

नेपाली फिल्म वृतमा पलको क्रेज बढिरहेको छ, ‘म यस्तो गीत गाउँछु’को हङ्कङ प्रर्दशन धमाकेदार भएपछि पलका फ्यानहरु र आँचलको बोल्डनेशका कारणले पनि दर्शकहरुको ब्यापक उपस्थित रहने आयोजकहरु दाबी गर्छन ।

नितिन चन्द निर्देशित फिल्म ‘जोनी जेन्टलमेन’को नेपाल प्रर्दशन भदौ ३० मा तोकिएको छ । फिल्मको “तिमी बीना मान्दैन” बोलको गीत र पोस्टर सार्वजनिक भईसकेको छ । सार्वजनिक गीतमा हर्कुलस बस्नेतको स्वर र संगित रहेको छ ।

ए टु पी ईन्टरटेन्मेन्ट हङ्कङले प्रर्दशनको जिम्मा लिएको ‘जोनी जेन्टलमेन्ट’लाई एनड्रिउ पौडेलले बनाएका हुन् ।