अनुभव

ईन्दिरा जोशी
गायीका
कार्यक्रमको सिलसिलामा नेपालीहरु भएका प्राय सवै देशहरुमा पुगीसकेको छु तर किनकिन हङ्कङ विशेष लाग्छ । नेपालीहरुको बाक्लो बसोबास रहेको जोर्डन, युङ्लोङ् शहर नेपाल कै कुनै रमणीय ठाउँ झै लाग्छ । भनिन्छ “आफ्नो देशबाट टाढा भएपछि मातृभूमीको माया अझ बढछ् रे” उहाँहरुको नेपाली गित, संगित र कलाकारहरुप्रतिको सद्भाव र मायाले हरेक पटक यस्तै महशुस गर्छु ।

प्राय : म आफ्नो मेकअप आफै गर्छु तर जब हङ्कङ आउँछु मलाई मायाले यहाँका दिदीबहिनीहरुले मेकअप गरिदिनु हुन्छ, यसले मलाई अझ जिम्मेवार बनाउँछ बास्तममै म हङ्कङेली दर्शक,श्रोताको मायाले पुकलित भएकी छु ।

हङ्कङ ब्यस्त तर सभ्य लाग्छ मलाई यहाँको प्रिय दर्शकहरु अदभूत लाग्छ्न कारण सवै प्रकारका गितहरुमा उहाँहरुले साथ दिनु हुन्छ । हिपपप र रक सङ्मा बारको अग्रंजी गितमा कम्मर मर्काउँने दर्शक, श्रोता रोदी र हाक्पारेको भाकामा पनि सहज महशुस गर्नुहुदाँ मेरो ह्रदय स्वाभिमानले चौडा हुन्छ, अझ हङकङका नेपाली होटल, रेष्टुरेष्ट र बारहरुमा नेपाली गित घन्कदा नेपाली श्रृजना अन्तराष्ट्रियकरण भएको महशुस गरे । जब दर्शकहरुले मेरो गित ध्यान दिएर सुनिदिनु हुन्छ म सँगै गितमा नाचिदिनु हुन्छ मलाई थकान महशुस नै हुदैन । हङ्कङका युवा पुस्ता आधुनिकतामा हुर्किएका छन् उनीहरुले संसारका प्रविधि र विकास नजिकबाट नियालेका छन्, तर नेपालीपन र कलाकारितामा जति उनीहरुको लगाव छ, सायदै मुलुकभित्र बस्ने शहरिया पुस्ताहरुमा छैन । सवैको माया र सद्भावले मलाई हङ्कङ बसाई एकदमै छोटो लाग्यो ।

हङ्कङको बसाईको क्रममा मैले थुप्रै नेपाली दाजुभाई दिदीबहिनीलाई भेटे उहाँहरुको मायालाई नजिकबाट नियाले वास्तममै उहाँहरु आफ्नो देश र संस्कृतिलाई मिस गर्नुहुन्छ । देशको हरेक गतिविधीबारे चासो राख्नुहुन्छ, यसले मलाई जहाँ गएपनि एक्लो छैन भन्ने आभाष दिलाउँछ । हङ्कङमा स्थापित भई ब्यापार, ब्यवसाय गरेर बसेका नेपाली दाजुभाई दिदीबहिनीहरु पनि प्रशस्त हुनुहुन्छ उहाँहरु सवैको साथ र माया पाए, छोटो तर अर्थपूर्ण साङ्ेगितीक माहोलमा मैले आफुलाई हराउँन पाए ।

जव म आफ्नो देश नेपाल आउँछु, दिनभरि थाकेको शरिर लिएर कोठामा पस्छु मलाई सवै प्रवासी नेपालीहरुको माया र प्रेमले उर्जा प्रदान गर्छ, त्यसैले त भोलीको विहानी नयाँ श्रृजनाको लागि सुम्पिन्छु । सोच्छु मेरो संगित र गितमा उहाँहरुको खुसी र हाँसो जोडिएको छ । प्रस्तुत : अनोज रोक्का