कोशेली न्युज डेस्क
श्रावण १७ / २०७४
सिङ्गक तथा फोम्बो समाज हङकङको आयोजनामा आईतबार सम्पन्न सांगितीक साँझमा गायीका सीता सिङ्गकले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरिन ।

याक एण्ड यती रेष्टुरेण्टमा गायीका सीतालाई हङ्कङका लोकप्रिय गायक साक्थिम योङयाले साथ दिएका थिए । उल्लेखमय उपस्थितबीच प्रस्तुत सांगितीक खुराकले माहोल गजबले तातेको थियो ।

कार्यक्रममा गायक समिर तबेबुङको प्रस्तुती समेत समेटिएको थियो ।

कलाकारद्धय साम्याङफुङ साँझ चौथोमा आफ्ना सांगितीक प्रस्तुती दिन हङ्कङ आएका थिए ।

तस्बिर : बुलेटहाङ् (ब्लाकपिग)