अनोज रोक्का
श्रावण १९ / २०७४

स्नुकर खेलप्रति नेपालीहरुलाई आकर्षित गर्दै युवापुस्तालाई खेलकुदमा अभ्यस्त बनाउँने हेतुले आयोजना गरिदै आएको हङ्कङ नेपाल स्नुकर च्याम्पियनशिपको दोश्रो संस्करण हुने भएको छ । मंगलबार जानकारी भेलाको आयोजना गर्दै आयोजक समितीले उक्त कुरा बताएको हो ।

कार्यक्रममा बोल्दै स्पोर्ट्स क्लब जोर्डनका प्रोपाईटर तथा आयोजक ओम गुरुङ्ले अन्र्तराष्ट्रियरुपमा नेपाली खेलाडीहरुलाई स्नुकर खेलमा सहभागिता गराउँने प्रमुख लक्ष्य भएको बताए । अघिल्लो संस्करणमा विजेता बनेका प्रतियोगीहरुले हङ्कङको स्थानिय प्रतियोगिताहरुमा बलियो सम्भावना प्रस्तुत गरिसकेका छन् । खेल मार्फत युवा पुस्तामा अनुशासन, गतिशिलता र धैर्यताको विकास गर्न निरन्तर लागि पर्ने बताए । प्रतियोगितामा बिजयी खेलाडी, पहिलो रर्नसअप, दोश्रो रर्नसअप तथा हार्ईएस्ट बे्रकलाई क्रमश दशहजार, पाँचहजार, एकहजार डलर प्रदान गरिनेछ ।

कार्यक्रममा २०१६ मा पहिलो, दोश्रो, तेश्रो स्थान हासिल गरेका सुमन गुरुङ्, कुमार घले, दिपेन्द्रबहादुर रानाले खेल र खेलको नियमहरुका बारे प्रकाश पारेका थिए ।

प्रतियोगिता १७, २४ सेप्टेम्बर २०१७ का दिन केसि सिटी स्नुकर जोर्डनमा सञ्चालन हुनेछ । स्पोर्टस् क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितालाई डिटु ईन्टरटेन्मेन्ट र परिचय समुह हङ्कङले सपोर्ट गरेको छ ।

प्रतियोगितामा सहभागिताको लागि निवेदन खुल्ला भईसकेको छ । ईच्छुक खेलाडीहरुले स्पोर्टस क्लब या फोन नम्बर २६४९८४४४ मा सम्पर्क गर्न सक्नेछन् ।