14958656_364705277195580_1427253716_n

अनोज रोक्का
सेन्स अफ क्लिक हङ्कङको आयोजनामा सम्पन्न भएको सुपर हन्ट फर सुपर मोडल सिजन २ को उपाधी बिजेता बनेका छन् नम्रता गुरुङ् र बिशाल राना ।

महिला तर्फ फस्ट रनर अप सुस्मा लिम्वु र सेकेण्ड रनरअप समृद्धी अर्याल भए भने पुरुष तर्फ युगल राई र आशिष लिम्बु क्रमश फस्ट र सेकेण्ड रनरअप भए । हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा आयोजना गरिएको प्रतियोगितामा महिला र पुरुष गरि १९ जना सहभागी थिए ।

मिस नेपाल कोरियोग्राफर रचना गुरुङ शर्मा, डिजाईनर तेन्जिङ् छितेन भुटिया, मिस हङ्कङ २००० ममिता गुरुङ्, डिजाईनर माया बुर्जा, युमासिए चियरमेन सरला गुरुङ निर्णायक रहेको प्रतियोगितामा तेन्जिङ् भुटिया, बिना गुरुङ, हिमा राई लगायतका आकर्षक डिजाईनरहरु प्रस्तुत गरिएको थियो ।

एसियाकै फेसन हव बनिरहेको हङ्कङमा हुर्किरहेका नेपाली पुस्ताहरुलाई अन्तराष्ट्रिय फेसन जगतमा अभ्यस्त बनाउँन नेपाली फेसन र डिजाईनलाई विश्वब्यापी बनाउँने प्रयास स्वरुप प्रतियोगितालाई निरन्तरता दिईरहेको संयोजक पवन सुब्बा बताउँछन् ।

तस्विर : मज्जाको राई (ब्लाक पिक) 

14958656_364705277195580_1427253716_n 14991167_365382027127905_7277864076449362364_o 14991303_365384637127644_5956137133528683890_o 15003187_365386833794091_5043672373283833992_o 15042074_365382793794495_7619834978172246833_o 15042207_365383767127731_8261794129932485169_o