अनोज रोक्का
श्रावण २४ / २०७४

हङ्कङमा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रदेश नं १ गुरुङ् समाज हङकङको आयोजनामा हुन लागेको प्रतियोगिता “पहिलो तमु कप २०१७” मा पहिलो पुरस्कार ३० हजार डलरका साथै ट्रफी, दोश्रो हुनेलाई १५ हजार डलरका साथै ट्रफीका साथै विभिन्न विधाका उत्कृष्टतालाई ट्रफी, प्रमाणपत्रले सम्मान गरिने भएको छ । समाजले जानकारी भेलाको आयोजना गर्दै प्रतियोगिताको बारे र सहभागी टिमहरुको बारेमा बताएको थियो ।

फुटबल टिमहरुको समुह विभाजन गर्नका लागि गरिएको ‘ड्र’ मा ग्रुप ‘ए’ तर्फ अन हिङ फुटबल क्लब, ज्योती फुटबल क्लब, आर्शनिक फुटबल क्लब गु्रप ‘बी’ तर्फ चुनवान फुटबल क्लब, धरान भेट्स ए, थर्डर फुटबल क्लब ग्रुप ‘सी’ तर्फ नेप्स युनाईटेड, गोल्डेन स्टार फुटबल क्लब, ब्वाईज फुटबल क्लब, गु्रप ‘डी’ तर्फ युवा फुटबल क्लब ए, युथ फुटबल क्लब, युवा फुटबल क्लब बी, गु्रप ‘ई’ तर्फ धरान फुटबल क्लब, सन्डे फुटबल क्लब, एसीई फुटबल क्लब, ग्रुप ‘एफ’ तर्फ धरान भेष्ट बी, सोल्टी फुटबल क्लब, शिखर फुटबल क्लब, ग्रुप ‘जी’ तर्फ योङलोङ फुटबल क्लब, एकता फुटबल क्लब, मोना फुटबल क्लब, ग्रुप ‘एच’ तर्फ जोर्डन फुटबल क्लब, गोर्खा ब्वाईज फुटबल क्लब, जि आई फुटबल क्लब सहभागी हुदैछन् ।

“कार्यक्रममा नेपाली बाहेक हङ्कङको स्थानिय टिमहरुले चासो देखाए पनि हामीले सहभागी गराउँन सकेनौ, हाम्रो पहिलो प्रयासमा नेपालीहरुको प्रतिस्पर्धालाई मात्र समेट्ने योजना बनेको छ । यसलाई निरन्तरतासँगै आगामी दिनमा अन्य समुदायसँगको स्वास्थ्य प्रतिस्पर्धालाई समेट्ने समाजका सचिव निकेश गुरुङ् बताउँछन् ।”

युवा पुस्तालाई खराव बाटोमा लाग्न नदिन र खेल मार्फत अनुशासन, गतिशिलता र धैर्यता सिकाउँन पनि प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष हेमप्रताप गुरुङ बताउँछन् । सम्पुर्ण तमुहरुको प्रादेशिक समुहहरु एक भएर स्वास्थ्य प्रतियोगिता आयोजना गरे त्यसले हङ्कङको नेपाली समाजमा सकारात्मक शन्देश सँगै खेलकुदको सीप विकास भई अन्तराष्ट्रिय स्तरमा नेपाल र नेपालीको पहिचान राख्ने सकिने गुरुङको तर्क थियो ।

अगस्ट १३ / २०१७ का दिन आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु हङ्कङ स्थित कौउलौन पार्क र जोर्डन पार्कमा सम्पन्न गरिनेछ ।