सन्तोष राई

पथरी श्रावण २६ / २०७४

वैदेशिक रोजगारमा गएका मोरङको पथरीशनिश्चरे–३ भोटेघुम्तीका योगेन्द्र लावतीको दुवै मृगौलाले काम गर्न छाडेको छ ।

३३ वर्षीय लावतीले आफूलाई ४ महिना अघि मात्र किड्नी फेल भएको भनेर थाहा भयो । उनको उपचारको लागि करिब १० लाख रकमको आवश्यक पर्छ । लावतीको श्रीमती र दुई छोरा रहेका छन् । लावतीको दुवै मृगौलाले काम गर्न छाडेपछि घर परिवार चलाउन धौं धौं भएपछि उनले सहयोगको याचना गर्न थालेका छन् ।

विगत ७ वर्ष अघिदेखि आफ्नो उज्वल भविष्यको लागि साउदीमा कामको सिलसिलामा केही समयको छुट्टी पछि उनी फेरि साउदी फर्किएको १३ महिनापछि हात–खुट्टा, पेट सुनिन थालेपछि अस्वस्थ्य भएपछि जाँच गर्ने क्रममा किड्नीले काम नगरेको पत्ता लागेको थियो । त्यसपछि उनी उपचारको लागि तुरुन्त नेपाल फर्किए ।

नेपाल त फर्किए तर आर्थिक स्थिति कमजोर भएका उनको उपचार खर्च सोचे जस्तो सहज तरिकाले हुन सकेन ।  मोरङ सहकारी अस्पताल विराटनगरमा बिरामी भएदेखि महिनामा ४ पटक डाइलोसिस गर्नुपर्ने र हरेक हप्ता २५ देखि ३ हजारसम्म उपचारमा खर्च लाग्ने लावतीले रुदै सुनाए । मृगौला त ससुराले उनलाई आफ्नो रगत ग्रुप जाँच गरी मेल भएमा उनलाई ससुराले मृगौला दिने  भएको छ । तर, मृगौलालाई प्रत्यारोपण गर्नका लागि १० लाख रुपैयाँको आवश्यकता रहेको हुनाले आफ्ना आफन्तलाई तथा नेपाली दाजुभाइहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।

‘आफू छोराछोरी र श्रीमतीको लागि बाच्नु पर्छ र केहि गर्नु छ’ भनि लावतीले दुःख बिसाए । लावतीको नाममा प्रभु बैंकमा उनले खाता पनि खोलेका  ०८६१०७००९१५९२७०००००१ खाता नम्बर रहेको र हाल उक्त खातामा ५ हजार रुपैयाँ सहयोग विकास सिं थापाले जम्मा गरिदिएका छन् । उनको ठेगाना खुल्न नसके पनि धन्यवाद दिन चाहान्छन् ।

सम्र्पक गरी सहयोग गर्न चाहानेहरुको लागि  ९८१७३०९११४ मा सम्पर्क गरी सहयोग गर्न सक्ने लावतीले जानकारी गराए ।