अनोज रोक्का

श्रावण २६ / २०७४

दिवासी जनजातीहरुको वाहुल्य रहेको हङ्कङमा २३ औ विश्व आदिवासी दिवस धुमधामका साथ मनाईएको छ ।

आईतबार याउमा तेई स्थित कम्युनिटी हलमा सम्पन्न कार्यक्रममा जातिय झाँकी, नृत्य, गीतसंगितसँगै आमन्त्रित अतिथी राष्ट्रिय जनमुक्ती पार्टीका अध्यक्ष केपी पालुङ्वा र लिम्बुवान आन्दोलनका नेता सञ्जुहाङ पालुङ्वाले आदिवासी जनजातीहरुको अधिकार र नेपालमा जारी पहिचानको मुद्धाको बारे बोलेका थिए ।

जनजाती महासंघ हङ्कङका अध्यक्ष एम बि. थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ हङ्कङले आयोजना गरेको हो ।

तस्बिर : ज्याप स्टुडियो