अनोज रोक्का

भदौ ०४  /२०७४
काउमा सम्पन्न ग्लोबल क्लासिक ईन्भिटेसनल बडिबिल्डिङ् एण्ड च्याम्पियनशिपमा नेपालले रजत पदक जितेको छ ।

ईन्टरनेशनल फेडरेशन अफ बडिबिल्डिङ् एण्ड फिटनेश अन्र्तगत आयोजना गरिएको प्रतियोगितामा नेपालबाट मेन्स बडिबिल्डिङ तर्फ भिमकुमार राई, ईन्द्र सापकोटा र मेन्स फिजिक्स तर्फ खगेन्द्र धमालाले सहभागिता जनाएका थिए ।

१८ देशका १७३ प्रतियोगी सहभागी खेलमा आफ्नो तौल समुह तर्फ खगेन्द्र धमालाले रजत पदक जितेका हुन् ।

मकाउ स्थित भब्य द भेनिसियन हलमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट टिम वर्कको उपाधी पनि नेपालकै पोल्टामा प¥यो । मकाउ फेडरेशन बडिबिल्ङ्किा अध्यक्ष श्रृजन (बाबा भाई) लाई उत्कृष्ट टिमको स्वर्ण पदक र प्रमाणपत्र आयोजकका तर्फबाट चुकवाङ् मानले प्रदान गरेका थिए ।

प्रतियोगितामा आई.एफ.बी.बी नेपालका लागि अन्तराष्ट्रिय प्रेसिडेन्ट लोकेन्द्र परियार, आई.एफ. बी.बी. नेपाल अन्र्तराष्ट्रिय जज विश्वबहादुर थापा, बोधबहादुर खड्का लगायतको सहभागीता थियो ।

प्रतियोगिताको ओभरअल च्याम्पियनशिप फिलिपिन्सका जोन गेलिडो भएका थिए ।