अनोज रोक्का

खेलाडी, संञ्चारकर्मीसँगै बहुप्रतिभाशाली बिनोद श्रेष्ठले अर्को परिचय थपेका छन् गायक ।

तारा लक्सम लिम्बुको संगितमा तयार पारिएको पूर्वेली भाकामा बिनोदसँगै श्रेयसी चेम्जोङ्को स्वर सुन्न सकिन्छ । मायालु जोडीको भावनालाई प्रतिविम्वित गर्दै तयार गरिएको गितलाई स्वयंम गायक बिनोदले लेखेका हुन् ।

फुर्सदमा गित लेखनमा ब्यस्त बिनोद सांगितीक आकाशमा पहिलो पाईला राख्न सफल भएकोमा दङ् छन् भन्छन् – “संगित मेरो रुचीको विषय हो, पहिलो प्रयासबाटै सवैको प्रेरणा र हौसला पाईरहेको छु । मेरा शुभचिन्तक, दर्शकश्रोताहरुलाई निराश बनाउँने छैन ।”