कोशेली न्युज डेस्क

२७ अगष्ट २०१७  हङकङ ।

हतियारधारी एक समुहले पाकीस्थानी मुलका एकलयुवकमाथी आक्रमणगरि घाईते वनाएकाछन । जोर्डनस्थित ब्याट्री स्ट्रिटमा उनलाई आक्रमण गरि गम्भिर घाइते बनाएकाहुन।

प्रत्यक्षदर्शीका अनुसार ३ जनाको समुहमा आएका अज्ञात व्यक्तिहरुले भित्तामा पेटिमा बसिरहेका उनि माथि एकाएक धारिलो हतियार प्रहार गरेका थिए वताएकाछन।

आक्रमणबाट रगताम्य बनेका उनलाई तत्काल नजिक रहेका अन्य व्यक्तिहरुले “ईष्ट एशिया जेनरल स्टोर ” होलसेल पसल भित्र भगाए पश्चात उनि थप आक्रमणबाट बचेका थिए ।
उक्त क्षेत्रमा प्रहरी , एम्बुलेन्स र दमकलगाडीहरु आई स्थितिलाई नियन्त्रणमा लिएका थिए ।

उक्त व्याक्तीलाई उपचारका लागि अस्पताल लगिएको छ भने घटनास्थल ईष्ट एशिया जेनरल स्टोर होलसेल पसलको अगाडी कर्डन गरेर प्रहरीद्धारा थप सोधपुछ तथा अनुसन्धान गर्नुको साथै घटनाको थप अनुसन्धान भैरहेको छ ।