२८ अगष्ट २०१७। भक्तपुर

ट्रायल रनिङ नेपाल र स्प्रिङ्डेल सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा काठमाडौं ट्रायल रेस सिरिज सम्पन्न भयो।

 पूर्व उद्योग मन्त्री महेश बस्नेतको उपस्थितिरहेको उक्त कार्यक्रम भक्तपुरमा पहिलो पटका आयोजना भएको आयोजक तथा स्प्रिङ्डेल सेकेन्डरी स्कुलका प्रबन्ध निर्देशक बिजु श्रेष्ठ भन्छन् ।  “ट्रायल रेसलाई विकास गर्न हरेक महिना विभिन्न ठाउँमा आयोजना गर्दै आएको ट्रायल रेस भक्तपुरमा पहिलो चोटी आयोजना गर्न पाएकोमा हामी धेरै खुशी छौँ” । उनले धेरै सयमको मेहनत र तयारीले यो कार्यक्रमको सम्भावना भएको उनले बताए ।

कार्यक्रमका संयोजक एवं रेस प्रबन्धक प्रिति खत्रीले ट्रायल रेस भक्तपुरमा गर्न पाएकोमा खुसी भएको बताइन् । भक्तपुरको हरियाली अनि यहाँको भूगोलले ट्रायल रेस गर्न उत्साह दिएको उनी बताउछिन् । अगामी डिसेम्बरमा हुने फाइनल ट्रायल रेस भक्तपुरमै गर्ने योजना रहेको उनले बताइन् ।

कार्यक्रमका मूख्य आकर्षक एवं आयोजक अल्ट्रा रनर मिरा राइले ट्रायल रेस गर्न जनशक्तिको अभाव अनि प्रायोजकको कमी रहेको उनले बताइन् । उनले अब ट्रायल रेसलाई विद्यालयस्तरमा लाने योजना रहेको बताएकि छिन। कुराकानीकोवक्रममा आफू जस्तो अरुलाई पनि अवसर अनि प्रोत्साहन दिन आफू लागि परेको उनी बताउँछिन् ।

१८ वर्ष मुनि, १८ देखि ३९ वर्ष र ४० वर्षभन्दा माथिका गरी तीन वर्गमा विभाजित उक्त प्रतियोगितामा स्वेदेशी एवं विदेशी गरी १३० जना खेलाडीहरुको सहभागिता जनाएका थिए ।

कटुन्जेस्थित स्प्रिङ्डेल सेकेन्डरी स्कुलबाट सुरु भएको उक्त रेस पाण्डुबजार, सुर्यविनायक, पाइलटबाबा, गुण्डु हुँदै स्प्रिङ्डेल स्कुलमै टुंगिएको थियो । १५ किमी, ६ किमी र १ किमी गरी ३ वर्गमा विभाजित गरिएको थियो । विजयी खेलाडीहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल शिवजी श्रेष्ठले प्रमाण पत्र र मेडल प्रदान गर्नु भएको थियो ।