अनोज रोक्का
२३ नोभेम्बर / २०१६

मि. ओलम्पिया एम्याच्युर एसियन प्रतियोगितामा नेपालले सहभागिता जनाउँने भएको छ ।

एसियाका सातौं उत्कृष्ट बढि बिल्डिङ् प्रतियोगिताहरु मध्ये मिस्टर ओलम्पियालाई एक मानिन्छ । हङ्कङ फेडरेसन अफ बडिबिल्डिङ् एण्ड फिटनेसद्धारा नेपालको प्रतिनिधित्व गर्दै ४ जना खेलाडीहरु युकेबाट जविन्द्र राई, नेपालबाट रामहरि खनाल, देवाराज पराजुली, हङ्कङबाट ज्ञानबहादुर लिम्वु सहभागी हुनेछन् ।

खेलाडीहरु अहिले ईनडोर कडा प्रशिक्षणमा छन्, नेपालबाट र हङ्कङबाट सहभागी हुने खेलाडीहरुलाई सिनियर कोच राजेन्द्र रत्न तुलाधर र सिनियर खेलाडी किशोरकुमार पुनले प्रशिक्षण दिईरहेका छन् भने युकेबाट सहभागी हुने खेलाडी जविन्द्र स्वयंम आफै तयारी गरिरहेका छन् । प्रतियोगिता यहि डिसेम्वर ५ देखी ८ सम्म सञ्चालन हुनेछ ।

“हरेक प्रतियोगिता जितको लागि नै खेलिन्छ तर मिस्टर ओलम्पियामा भाग मात्र लिनु पनि महत्वपूर्ण मानिन्छ । एसियाका उत्कृष्ट प्रतियोगीहरुसँग हामी प्रतिस्पर्धा गर्दैछौ च्यालेञ्ज पनि छ तर हामी उत्साहित पनि छौ हङ्कङ फेडरेसन अफ बडिबिल्डिङ् एण्ड फिटनेसका अध्यक्ष एवं अन्तराष्ट्रिय प्रशिक्षक लोकेन्द्र परियार बताउँछन् ।”

नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरु 

15129855_1134202913314520_437008459_n 15129901_1134202919981186_403789277_n 15139373_1134202916647853_1060960706_n 15151191_1134202909981187_2003332808_n