gtututगतबर्ष सर्वाधिक चर्चित बनेको ‘सेल्फी हाँनौला’ बोलको गितले निकै चर्चामा ल्याइदिएको थियो गितकार: डि.पी खनाल, गायक/सँगितकार: शँकर स्माईल र सँगित सँयोजक: उदयराज पौडेलको सहकार्यलाई।त्यसकै निरन्तरता स्वरुप फेरि पनि उहि सेल्फी टिमले अर्को फरक शैलीको निकै रमाईलो गित “ट्युसन पढाउँछु” लिएर दर्शक-स्रोतामाझ आएको छ।
काठमाण्डौमा हालै आयोजना गरिएको एक कार्यक्रममा सोही गीतको भिडियो सार्वजनिक गरिएको थियो।
‘ट्यूशन पढाउँछु’ बोलको गीतको उक्त भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । भिडियोमा नायक: पल शाह र नायिका: एलिसा राइको मोडलिङ बेजोड अभिनय देख्न पाईन्छ।निर्देशक सुवेदीले यो भिडियोको लागि आफूले अहिलेसम्मकै बढी मिहिनेत गरेको बताए ।
गीतमा पछिल्लो पुस्ताका ब्यस्त अनि चर्चित गितकार: डि.पी.खनालको शब्द, युवा तथा ससक्त सँगितकार/गायक शंकर स्माईलको: संगीत, प्रतिभासाली सँगित सँयोजक : उदयराज पौडेलको सँगित सँयोजन अनि शंकर स्माईल स्वयं र गायिका पूजा सुनुवारको स्वर छ ।
राजिब समारको कोरियोग्राफी रहेको भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् भने भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ। “ट्युसन पढाउँछु” लाई पनि सेल्फी हाँनौला जसरीनै सबै बर्गका दर्शक-श्रोताले मनपराउने कुरामा दुई मत छैन।
(भिडियो हेर्नुहोस)