११ अक्टुवर २०१७। हङ्कङ 

हङकङ प्रमुख क्यारी लामलेद्वारा  सरकारको ५ वर्षे कार्यकालको लागि नया योजना प्रस्तुत गरिएको छ।
न्यु पिपुल्स पार्टीकी अध्यक्ष तथा सि इ ओ को चुनावमा क्यारी लामकी प्रतिश्पर्धी बनेकी रेजिना इपले सरकारको योजनालाई आम्सिक रुपमा सहमति जनाएकिछिन । भने राजनैतिक संकटलाई निराकरण गर्ने सम्बन्धी कार्यक्रम नसमेटेको उनको भनाई रहेको छ।  

सदा झैं यस बजेटमा पनि हङकङको जनताको हाउसिङ समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा नै प्रमुख देखिन्छ । पब्लिक रेन्टल हाउसको आपूर्ति बढाउने, HOS स्किमलाई निरन्तरता दिनुको अलावा ‘Starter Homes’ plan भन्दै HOS स्किममा पर्न असफल तर प्राइभेट हाउसिङ किन्न नसक्ने वर्गलाई लक्षित गरेर बनाइएको कार्यक्रम घोषणा गरेको छ ।

कम्तिमा १ हजार यस्ता फ्ल्याट कुन्तोङ क्षेत्रमा निर्माण गर्ने योजना सरकारले बनाएको छ । हाउसिङको समस्या तत्काल समाधान गरिहाल्नको लागि उनको सरकारसँग जादूको छडी नभएको उनले बताइन् ।

अल्पसंख्यक जाति याने कि हामीलाई सरकारी सेवामा प्रवेश गर्न चाइनिज भाषा जान्नैपर्ने सवालमा पुनरावलोकन गराउने भन्ने बुँदा उनको सम्बोधनमा रहेको छ । 

यातायात भाडा दरमा सरकारले ल्याउन लागेको छूट योजना रहेको छ। यस योजना अन्तर्गत ४ सय डलर भन्दा बढी यातायात भाडामा खर्च हुने अक्टोपस प्रयोगकर्ताले २५% वा ३ सय डलरसम्म छूट पाउनेछन् ।
पुरा विवरणकोलागि तलको लिङकमा क्लिक गर्नुहोस । 

https://www.policyaddress.gov.hk/2017/eng/policy.html