कार्यक्रम पश्चात बजार परिक्रममा गर्दै बिद्यार्थी, शिक्षक लगायत ।

कार्यक्रम पश्चात बजार परिक्रममा गर्दै बिद्यार्थी, शिक्षक लगायत ।

अनोज / एविन्द्र 

२०७३ मङ्सिर १४ गते
रमाइलो स्थित उज्ज्वल भविस्य बाल समूहले आफ्नो स्थापनाकालको दोस्रो बार्षिक उत्सव धुमधामका साथ मनाएको छ ।

समाजसेवी दिनबन्धु गोयलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानिय बिद्यार्थीहरुलाई ब्याग वितरणसँगै रमाईलो बजारमा पिउँने पानीको ट्यांक स्थापनाको शिलान्यास समेत गरिएको थियो भने बाल समूहले प्रमुख अतिथी गोयललाई मानार्थ संरक्षकको रुपमा सम्मान समेत गरेका थिए ।

बाल समूहले देउशी बाट संकलन भएको रकम नगद रु ५,५५५ (पाँच हजार पाँच सय पचपन्न) स्थानीय लक्ष्मीनारायण मन्दिरलाई हस्तान्तरण गरे । बालबालीकाको यो प्रयासलाई उच्च सम्मान गर्दै प्रमुख अतिथी गोयलले ३१,००० (एकतीस हजार) आर्थिक सहयोग र पानी ट्यांक स्थानपनामा पनि सहयोग गर्ने घोषणा गरे ।

उल्लेखमय उपस्थितबीच सम्पन्न कार्यक्रममा ताराबहादुर काफ्ले, गायक सुमित खड्काले विशिष्ट अतिथीको आशन ग्रहण गरेका थिए । सोहि क्रममा गायक खड्काले राष्ट्रिय भावानाले ओतप्रोत भएका गित प्रस्तुत गरे ।

कार्यक्रममा गायक सुमित सँगै देउसीमा नृत्य गर्ने बालबालीकाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने लक्ष्मीनारायण मन्दिरबाट दानबहादुर बस्नेत, रमाईलो युवा परिवारबाट नविन पौडेल, सामुदायिक वनबाट नविन राईले मन्तब्य प्रस्तुत गरेका थिए ।

बिन्दा दुलालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सोनिया तिम्सिना र एविन्द्र पाठकले सञ्चालन गरेका थिए भने समूहले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेको थियो । कार्यक्रमको अन्त्यमा जेनिथ, बालजगत, माउन्ट हर्मन बोडिङ् स्कुलका बालबालीकाहरुले लाखेनाच सँगै बजार परिक्रमा गरेका थिए ।

तस्बिर : नविन श्रेष्ठ

15227863_1846602788960357_1941384597_n 15239320_1846602572293712_1501133872_n 15240117_1846602865627016_527352568_n 15280944_1846602715627031_1774434421_n 15280953_1846602635627039_1227388504_n 15281013_1846603022293667_2045479058_n 15319481_1846602565627046_1050709597_n