अनोज रोक्का

२ डिसेम्बर ,२०१६
किरात राई यायोक्खा हङ्कङको प्रस्तुती यलम्वर नाईट छैटौमा नेपालबाट आएका जम्बो कलाकारहरुको टोलीले हङ्कङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् ।

राजेशपायल राई, मेलिना राई, दयाहाङ् राई, केकी अधिकारी, विल्सन बिक्रम राई लगायतका स्टार कलाकारहरुको टोलीले मध्य रात सम्म हङ्कङ स्थित युङ्लुङ् थिएटरमा धमाका मच्चाएको थियो । राई ईज किङ्को उपाधी पाएका राजेश र चर्चित गायीका मेलिनाले दर्जन बढि आफ्ना चर्चित गित मार्फत हङ्कङेली दर्शकहरुलाई नचाएँ । हास्यकलाकार विल्लस विक्रम राईको कमेडी गित र प्रस्तुतीले दर्शकहरुलाई चुप बस्न दिएन । ब्यस्त नायक दयाहाङ् र नायीका केकीको प्रस्तुतीलाई पनि खुवै रुचाईयो ।

यसैबिच यायोक्खाले आमन्त्रित कलाकारहरुलाई एक कार्यक्रमबीच विदाई तथा सम्मान गरेको छ । बगैंचा रेष्टुरेष्ट एण्ड बारमा आयोजित विदाई कार्यक्रममा उपस्थित विभिन्न संस्थाका प्रतिनिधीहरु र आयोजकका सदस्यहरुले कलाकारहरुको प्रस्तुतीको प्रशंसा गरेका थिए ।

केमेष्ट्री मिलेका कलाकारहरु भएकाले पनि दर्शकहरुको उपस्थित उल्लेखमय भएको यायोक्खा अध्यक्ष रजिन राई बताउँछन्, भन्छन्– “यलम्वर नाईटको छैटौ संस्करण सोचेको भन्दा उत्कृष्ट भयो, सवैको साथ र सहयोगको लागी ह्रदयबाटै धन्यवाद ।”

तस्बिरहरु : मज्जाको राई ब्लाक पिग प्रडक्सन हङ्कङ

15194420_374245642908210_5460912017723383096_o 15195834_374245596241548_5481766619368430208_o 15235735_374246149574826_3243825915197084696_o 15252669_374245572908217_5500924930234771861_o 15259594_374246152908159_6387472302827388272_o 15289095_374246106241497_4946069134765129963_o 15289223_374246109574830_4824196879952805877_o 15304147_374246159574825_1958802769978983518_o