तस्बिर : मज्जाको राई (ब्लाक पिग प्रडक्सन)

अनोज रोक्का
मिश्रित प्रतिक्रिया पाईरहेको चलचित्र पुरानो डुङ्गा अव हङ्कङमा प्रर्दशन हुने भएको छ ।

दर्शकहरुसँगै बसेर फिल्म हेर्न र प्रतिक्रिया बुझ्नका लागि निर्देशक रामबाबु गुरुङ् सहित फिल्मका मुख्य कलाकारद्धय दयाहाङ् राई र मेनुका प्रधान पनि हङ्कङ आउँने भएका छन् ।

१८ डिसेम्बर २०१६ का दिन हङ्कङ स्थित युङ्लुङ थिएटरमा प्रर्दशन हुने फिल्मलाई स्थानीय युवाहरु रविन घले, अरुण राई र जीवन गुरुङ्ले प्रर्दशनको संयोजन गरेका छन् । सांगितीक साधना प्रतिष्ठान नेपाल ईटहरी सुनसरी निमार्ण सहयोगार्थ प्रदर्शन गर्न लागिएको फिल्म हङकङमा बहुप्रतिक्षित फिल्म मध्येको एक हो ।

दयाहाङ्को क्रेज हङकङमा गजबको छ, यहि क्रेजलाई क्यास गर्न र नेपाली संगितप्रतिको सकारात्मक पहलकदमी कार्य ‘प्रतिष्ठान निर्माण’ भएकाले पनि फिल्म हाउसफुल हुनेमा विश्वस्त भएको आयोजकको तर्क छ ।

तस्बिर : मज्जाको राई (ब्लाक पिग प्रडक्सन)

फिल्म हेर्नका लागि सवैलाई चुलो निम्तो दिदै के भन्छन् त नायक दयाहाङ् ? तलको भिडियोमा हेर्नुहोस् ।