हाईकिङ् पश्चात नेपाली खानाको स्वाद लिदैं पदयात्रीहरु ।

  हाईकिङ् पश्चात नेपाली खानाको स्वाद लिदैं पदयात्रीहरु ।

अनोज रोक्का
१२ डिसेम्बर, २०१६

समयसँगै फेरिएको आधुनिकता र बैज्ञानिक प्रविधिले मानिसलाई सहज बनाएको छ, तर प्रविधिमा पूर्णरुपमा निर्भर भएकै कारणले ब्यक्तिगत स्वास्थ्यका विभिन्न समस्याहरु भोगिरहनु परेको यर्थाथता छ ।

ब्यस्तताको शहर हङ्कङमा बाध्यता र विवशताले रातदिन परिश्रम सँगै प्रदुषणमा दिनहरु ब्यक्तित गरिरहेको बेला हङ्कङमा स्थापित खोटाङ् समाजले पदयात्रा (हाईकिङ) को कार्यक्रम सम्पन्न गरेको छ । नेपालको झझल्को दिने डाडाँपाखामा हाईकिङसँगै नेपाली संगितको मज्जा र अर्गानिक खानाको ब्यवस्था रहेको पदयात्रामा उल्लेखमय उपस्थित रहेको थियो ।

हङ्कङ स्थित तुङ्चुङ्बाट शुरु भएको पदयात्रा पाक मोङ् हुँदै मुई–ओ मा गएर टुङ्एिको थियो । लगभग १२ किलोमिटरको यात्रा रहेको पदयात्रा सोचेको भन्दा धेरै राम्रो सहभागिता भएको समाजका उपाध्यक्ष तथा पदयात्राका संयोजक निकेश गुरुङ् बताउँछन्, समयसँगै नेपाली समुदायमा हाईकिङ् (पदयात्रा) जाने, स्वच्छ वातावरणमा रमाउँने प्रवृती बढेको साथै यसले स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पार्ने उनको तर्क छ ।

“खोटाङ् समाजले विगत देखी नै पदयात्रा (हाईकिङ्) लाई निरन्तरता दिईरहेको छ, सम्पन्न पदयात्रा आठांै हो” अध्यक्ष टिका कोई राई बताउँछन् ।