अनोज रोक्का
हङ्कङ गजल तथा भजन साँझमा सदावहार गायक आनन्द कार्कीले आफ्ना चर्चित गितहरु मार्फत भरपूर मनोरञ्जन प्रदान गरेका छन् ।

देशभक्ति गित गाउँदै स्टेजमा प्रवेश गरेका कार्कीले ‘लाग्छ मन हेरि रहुँ’, ‘म तिमी बिना मरिहाल्छु नी’, ‘भाकेर बरपिपलु’, ‘बनमा फुल्यो फुल’ लगायत दर्जन बढि चर्चित गितहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पत्रकार तथा हाँस्य कलाकार शिरोमणी दवाडीको प्रस्तुतीलाई पनि खुवै रुचाईयो । दवाडीको कमेडी नृत्य र स्ट्यान्ड अप कमेडीले हङ्कङेली दर्शकहरुलाई पेट मिचिमिची हसाँएको थियो ।

याउमा तेई कम्युनिटी हलमा आयोजना गरिएको कार्यक्रमलाई हङ्कङ नेपाल हिन्दु एसोशियसनले आयोजना गरेको हो । कार्यक्रममा गायक तथा संगितकार नगेन्द्र श्रेष्ठ, भजन गायक मोहन (निर्मल) सिलवाल, वाद्यवादक हरि श्रेष्ठ लगायतको प्रस्तुती पनि समेटिएको थियो ।

१५ डिसेम्बर २०१६

तस्विर : हरिहाङ् तिगेला (ब्लाक पिग)