अनोज रोक्का
१७ डिसेम्बर / २०१६
प्रेम अनौठो प्राप्ति हो, यो पाउँन धेरैले जीवन त्याग गरेका छन् भने पाएर सम्हाल्न नसक्नेले जीवनभरि एक्लो रहने वाचा गरेका छन् । तर प्रेम त स्वंय हुने अनूभुति रहेछ मात्र समर्पण र निस्वार्थ भावना चाहिने ।

यहि प्रेम र समर्पणको भावाना देखाईएको छ भिडियोमा । शन्दर्भ “जलन” एल्बममा समावेश गीतको हो ।

रामकृष्ण ढकालको स्वर, शक्ति बल्लभको संगित र रामहरि अर्यालको रचनामा तयार गीतको भिडियो छायाङ्कन सम्पन्न गरिएको छ । मोफसलका चर्चित निर्देशक भूपाल वान्तवा राईको निर्देशन सुमन अधिकारी र सुमन योञ्जनको खिचाईमा सम्पन्न भिडियोमा मोडल सरु नेपाल, सन्तोष हिङ्माङ र प्रकाश थापाको अभिनय रहेको छ ।

सप्तकोशी वरपरको मनमोहक वातावरण र पूर्वको चर्चित पर्यटकीय स्थल तालतलैयामा छायाङ्कन भिडियो सङ्स नेपालबाट चाँडै रिलिज हुनेछ ।

लोकेशन र प्रविधिमा हामीले मेहनत गरेका छौ, हाम्रो अन्य भिडियो भन्दा पृथक र उत्कृष्ट बनाउँनका लागि यसको कथा र प्रस्तुतीको लागि पनि हामीले पर्याप्त समय खर्चिएका छौ, निर्देशक भूपाल बताउँछन् । भिडियोमा अनुभवी र नृत्य मार्फत पूर्वमा पर्याप्त चर्चा बटुलेका सन्तोष हिङ्माङको पनि अभिनय भएकाले दर्शकहरुले मन पराउँने उनको तर्क छ ।