अनोज रोक्का
बडिबिल्डिङ् कै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता मिस्टर ओलम्पिया अमेच्योर एसियामा नेपालका बडिबिल्डिर राम खनालले पाँचौ स्थानको उपाधी जितेका छन् । ७० किलोग्राम समूह तर्फ १३ जनाको कडा प्रतिस्पर्धाबाट छानिएर शिर्ष ६ मा स्थान बनाउँदै उक्त उपाधी जितेका हुन् ।

नेपालको प्रतिनिधित्व गर्दै खनाल लगायत बडिबिल्डिङ् र मेन्स फिजिक्सतर्फ गरि जम्मा ४ खेलाडी जविन राई, देबराज पराजुली र ज्ञानबहादुर लिम्बु सहभागी थिए ।

प्रतियोगितामा मेन्स बडिबिल्डिङ्, मेन्स फिजिक्स, वुमन फिजिक्स, वुमन बिकिनी, वुमन बडिफिटनेश, मेन्स क्लासिक विधामा एसिया, अफ्रिका, युरोप लगायतका मुलुकहरुबाट ४०० को हारहारीमा प्रतियोगीहरु सहभागी थिए । ओलम्पिया अमेच्योरको उपाधी ओभरअल च्याम्पियन कोरियाका क्यिओङ् यानले उचाले ।

हिमालय किङ्डम नेप्लिज फेडरेशन अफ बडिबिल्डिङ् एण्ड फिटनेशको सक्रियतामा खेलाडीहरु ओलम्पियामा सहभागी भएका हुन् । एसियाकै उत्कृष्ट बडिबिल्डिङ् मञ्चमा सहभागी हुनु मात्र पनि ठुलो कुरा हो अझ पाएको सफलताले हौसला मिलेको छ हिमालयका अन्तराष्ट्रिय प्रेसिडेन्ट तथा धर्मश्री लोकेन्द्र परियार बताउँछन् भन्छन् – “देशको प्रतिनिधीत्व गरिरहेका खेलाडीहरुलाई राज्यबाट पनि पर्याप्त सहयोग हुनुप¥यो ।”

तस्बिर : मगेन्द्र राई