हङकङमा श्रष्टा वनभोज कार्यक्रमबाट भाषा एल्बम सार्वजनिकीकरण।


२६ आईतवार ०१७ ,हङकङ

साझा शृङ्खलामा गीतकार भुमरीको भाषा एल्बम सार्वजनिकीकरण गरिएकोछ। हङकङ साहित्यिक साझा शृङ्खलाको ६७ भाग अन्तर्गत स्रष्टा वनभोज कार्यक्रमको अवसर पारेर उक्त एल्वमकाे सार्वजनिकीकरण गरिएको थियो।

कार्यक्रममा उल्लेखनिय रूपमा  साहित्यकार तथा अन्य वाैदिक व्याक्तित्वहरूकाे वाकुलाे उपस्थिती रहेकाे  थियो।

एल्बममा हङकङका संगीतकार दिनेश सुब्बा, दार्जिलिङका प्रदीप क्षेत्री, सिक्किमकी विमला सी प्रधान, अमेरिकाका पविधन खालिङ, सन्तोष श्रेष्ठ, केशव पौडेल र कर्मग्याल्छेन बमजनका सङ्गीत रहेका छन् भने सचीन सिंह, नोर्बु शेर्पा, चाँद सिंह, पविधन खालिङ र कुमार थापाका सङ्गीत संयोजन रहेका छन् ।

 

एल्बम भाषाका सातवटै गीतमा दार्जिलिङमा जन्मेकी र काठमाडौँमा बस्दै आएकी गायिका निखिता थापाको एकल स्वर रहेको छ भने एकएकवटा गीतको सहगायनमा दार्जिलिङका थुप्देन भुटिया र महेश सेवाले साथ दिएका छन् ।

कार्यक्रममा उपस्थित साहित्यकार र कविहरूले आआफ्ना कविता वाचन गरेका थिए । कार्यक्रमको समापन शृङ्खलाका संयोजक डीबी पालुङ्वाले गर्नुभएको थियो। संचालन सुनिता गिरीले गर्नुभएको थियो।